Rk hospialty गण्डकी लोक तारा’ को उपाधि बागलुङका प्रेम विकलाई
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ उपाधि बागलुङका प्रेम विकले हात पारेका छन्।
विश्व संगीत दिवसको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गरेका थिए।
गण्डकी प्रदेशका ९ वटा जिल्लाबाट छनोट गरिएका १८ जना प्रतिस्पर्धीबीच पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न ग्रान्ड फिनालेमा प्रेम विकले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका हुन्।
प्रतियोगितामा स्याङ्जाकी शिला गुरुङ दोस्रो, म्याग्दीका विजय परियार तेस्रो तथा गोरखाका पवनसिंह परियारले उत्कृष्ट आवाजको उपाधि प्राप्त गरे। त्यस्तै, दिलीप मानन्धरले सान्त्वना स्थान प्राप्त गरे।
पुरस्कार विवरण:
प्रथम प्रेम विक (बागलुङ): नगद रु ५१,१११, ट्रफी, प्रमाणपत्र तथा एकवर्षे निःशुल्क अडियो रेकर्डिङ सुविधा।
दोस्रो शिला गुरुङ (स्याङ्जा): नगद रु ३१,१११, प्रमाणपत्र तथा निःशुल्क अडियो रेकर्डिङ।
तेस्रो विजय परियार (म्याग्दी): नगद रु २१,१११, प्रमाणपत्र तथा निःशुल्क अडियो रेकर्डिङ।
प्रतियोगिता निकै कडा प्रतिस्पर्धाबीच सम्पन्न भएको थियो। कार्यक्रम प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन रामजी पौडेलले गरेका थिए।

