एमाले पोखरा वडा कमिटी ५ को नवनिर्मित भवनकाे उद्घाटन
पाेखरा, ४ भदाै । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ को नवनिर्मित भवन उद्घाटन तथा हरितालिका तीज विशेष कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएकाे छ ।
अनेमसङ्घ वडा कमिटी–५ का अध्यक्ष बिन्दु पौडेलले तिजलाई खुलापन र महिलाको सशक्तीकरणको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिँदै मौलिकताको जगेर्ना गर्न आग्रह गरे।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, एमाले प्रदेश कमिटी सदस्य उमा कोइराला, जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, वडा अध्यक्ष बिष्णुप्रसाद बराल, पूर्व वडा अध्यक्ष धनबहादुर नेपाली, जिल्ला उपाध्यक्ष भेषराज बराल लगायतका नेताहरूले शुभकामना मन्तव्य राखे।
वडा कमिटी अध्यक्ष लक्ष्मण बरालका अनुसार भवन निर्माणमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयको सहयोगमा करिब १७ लाख रुपैयाँ खर्च भएको जानकारी दिदै कार्यालय कार्यकर्ताहरुको आस्था र सम्मानको प्रतीक हुनेमा विश्वस्त रहेकाे बताए ।
उनले समाज बदलिएको छ, बदलिएको नेपाली जनताको मनोविज्ञान बुझ्ने र सोको प्रतिनिधित्व गर्न सक्ने पार्टी निर्माण आजको आवश्यकता हो, अब हामि वडा पार्टी कमिटी हाम्रो यस कार्यालयको कामलाई प्रविधिमैत्री बनाउने मात्र होइन हाम्रो पार्टीले र हाम्रा जनप्रतिनिधिहरुले सामाजिक रुपमा, भौतिक रुपमा गरेका कार्यहरुलाइ सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गरि प्रचार गर्ने थलो बनाउनु पर्ने बताए । साथै उनले महत्वपूर्ण कार्यमा सरिक हुने सम्पुर्ण सहयोगी मनहरुप्रति वडा कमिटी -५ को तर्फबाट र व्यक्तिगत तर्फबाट कृतज्ञता व्यक्त गरे ।
साे अवसरमा उनले हरितालिका तीजले समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरे।
करिब दुई आना क्षेत्रफलमा बनेको भवन दुई तले छ । आईरन ढलान प्रयोग गरिएको वडा कमिटी सदस्य प्रदिप सुबेदीले जानकारी दिए। कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. भरतबहादुर खत्रीलाई तथा भवन निर्माणमा योगदान पुर्याउने जीवन लामालाई सम्मान गरिएको थियो ।
कार्यक्रम अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा सम्पन्न भएको थियाे भने स्वागत उपाध्यक्ष पानप्रसाद तिमिल्सिनाले गरेका थिए ।सञ्चालन सचिव बसन्तराज गौतमले गरेका थिए ।

