THURSDAY NOV 13, 2025

फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?

काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको उच्च अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको स्रोतले दाबी गरेको छ ।

तर यसबारेमा औपचारिक निर्णय नभएको स्रोतको दाबी छ । कार्कीसँगै केही मन्त्रीलाई पनि शपथ गराउने तयारी भएको स्रोतले जानकारी दिएको छ ।

Facebook Comments