THURSDAY NOV 13, 2025

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

मुस्ताङ, २५ असारः लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको यो राताम्मे पहाड यहाँको लोघेकर दामोदरकुण्ड–२ […]

भोटेकोशी बाढीपीडितको उद्धारमा तदारूकता दिन सांसदहरूको माग

काठमाडौँ, २५ असार : प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भोटेकोशीमा आएको बाढीका कारण धेरै जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार, खोज, उद्धार, राहत र पुनःस्थापनाको माग गरेका छन् । बैठकको विशेष समयमा नेपाली कांग्रेसका सञ्जयकुमार […]

सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी

काठमाडौँ, २५ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वीट्जरल्याण्डस्थित जेनेभामा भइरहेको विश्व सूचना समाज सम्मेलन (डब्लुएसआइएस प्लस टुवान्टी) मा सहभागी हुनुभएको छ । झण्डै दुई सयभन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहेको उच्चस्तरीय […]

बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति

मुस्ताङ, २५, असार: उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको […]

बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

लमजुङ, २५ असार: लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि […]

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, २५ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ […]

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ), २५ असारः पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार […]

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

बनियानी (झापा), २५ असार : भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण […]

ललितकला प्रतिष्ठानको १८औँ प्राज्ञसभा : कलाको विकासमा सरकारको सहयोग रहने विश्वास

काठमाडौँ, २४ असार : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १८औँ प्राज्ञसभा सुरू भएको छ । सभाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले संयुक्त रूपमा उद्घाटन […]

सभापति देउवाद्वारा रेग्मीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २४ असार : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ राजनीतिज्ञ, पूर्वमन्त्री एवं पूर्वसांसद अच्युतराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । रेग्मीको अष्ट्रेलियामा उपचारका क्रममा यही असार २३ गते निधन भएको […]